काठमाडौं
सामाखुशीको डेराबाट सुन तथा चाँदीका गरगहना चोरी भएको छ ।
प्रहरीका अनुसार टोखा नगरपालिका १० सामाखुशी डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–६ घर भएकी २१ वर्षीया निशा सिग्देलको कोठाबाट सुन तथा चाँदीका
विभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१३ कार्तिक २०८२, बुधबार
24
Shares








प्रतिक्रिया