काठमाडौं । काठमाडौं महानगरपालिकाका ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विवरण सार्वजनिक गर्दै विभिन्न उमेर समुहका ५६ हजारबढी नागरिकहरु स्वास्थ बीमामा आवद्ध भएर लाभ लिरहेका बताएका हुन् ।
मेयर साहका अनुसार १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति पनि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका थिए ।
काठमाडौं महानगरपालिकामा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण भएका छन् । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरी मेयर साहले १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस गरेका छन् । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको महानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया