२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंबाट पेस्तोल र गोलीगठ्ठा सहित २ जना पक्राउ



काठमाडौंबाट पेस्तोल र गोलीगठ्ठा सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्ड सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका ६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका १६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका १० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको थियो ।
उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।