२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोल किष्ट अस्पताल सुत्केरी मृत्यु घटनाः अस्पतालसँग सहमति



काठमाडौं । सुत्केरी मिनाश्री राईको मृत्यु भएको घटनापछि अस्पताल प्रशासनसँग सहमति भएसँगै उनको शव अन्तिम संस्कारका लागि खोटाङ लैजाने तयारी गरिएको छ। गत शुक्रवार राति ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरी गराउने क्रममा मिनाश्रीको निधन भएको थियो। घटनापछि चिकित्सकको लापरबाहीको आरोप लगाउँदै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको थियो। आक्रोशित भीडले अस्पताल तोडफोड पनि गरेको थियो। प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो।

मृतकका दाजु देवेन्द्र राईका अनुसार, अस्पतालसँग सहमतिमा मृतकका दुई बच्चालाई १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने र परिवारलाई १५ वर्षसम्म स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने व्यवस्था भएको छ।

देवेन्द्र राईले भने, “अन्तिम संस्कारका लागि बहिनीको शव खोटाङ लैजाने तयारी भइरहेको छ। हेलिकोप्टरको व्यवस्था पनि मिलाइसकेका छौं। तर खराब मौसमका कारण अहिलेसम्म जान सकिरहेका छैनौं।”

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।