२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रारा तालमा काठमाडौं जोरपाटीका दुई युवालाई लेक लागेर अस्वस्थ्य, सेनाको मेडिकल टोलीद्वारा उद्धार



काठमाडौं । रारा ताल अवलोकनका लागि आएका दुई जना पर्यटकलाई ‘लेक’ (उचाइका कारण हुने स्वास्थ्य समस्या) लागेपछि अस्वस्थ भएको खबर प्राप्त भएपछि सेनाको टोलीले उद्धार गरेको छ।

काठमाडौं-१३, जोरपाटीका ती दुई जना पर्यटक रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको माथिल्लो मिलिचौरमा घुम्दै गर्दा अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। उनीहरूलाई टाउको दुख्ने, बान्ता आउने र सास फेर्न कठिन हुने जस्ता लक्षण देखिएपछि स्थानीयले तत्काल जानकारी दिएका थिए।

खबर पाएपछि हनुमानध्वज गुल्मबाट नर्सिङ अर्डरलीसहितको मेडिकल टोली अक्सिजन र आवश्यक औषधि लिएर घटनास्थल पुगेर तत्काल प्राथमिक उपचार प्रदान गरेको थियो। उपचारपछि दुबै जनाको स्वास्थ्य अवस्था सुधार भएपछि उनीहरूलाई साथमा रहेका आफन्तको जिम्मा लगाइएको सेनाले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।