२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सरकारले अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जानमा रोक लगाउन सिफारिस गरेको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।