२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप लिग २ : नेपाल पुनः अमेरिकासँग पराजित



काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २७१ रनमै अलआउट भयो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ७५, करण केसीले ४९, र कुशल भुर्तेलले ४७ रन बनाए।

२७२ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २७३ रन पूरा गर्‍यो। साइतेजा मुक्कामल्लाले ७५ र मिलिन्द कुमारले ७० रन जोडे। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यो पराजयसँगै नेपाल लिग २ को सातौँ स्थानमै सीमित रह्यो।

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, शनिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।