काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएर अवैध संरचना हटाएको छ।
महानगरका अनुसार सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ निर्माण भएका अनधिकृत संरचना हटाइएको हो। यस अभियान अन्तर्गत सम्पदा क्षेत्रमा कुनै पनि अवरोध नगरी सार्वजनिक स्थानको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने प्रयास जारी रहेको महानगरले जनाएको छ।








प्रतिक्रिया