२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ



काठमाडौं । । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।

फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उनले जानकारी दिए ।

सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।