६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बनेपामा ‘एक घर, एक धारा’अभियान



काभ्रेपलाञ्चोक
काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।

खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप रु ३५ लाख विनियोजना भएको थियो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार उक्त बजेटमध्ये रु २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न रु १० लाख विनियोजन भएको हो ।

आयोजनाबाट समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरिएको केसीले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वडाका अरनिको राजमार्ग दक्षिण, सिलु–मार्ग पूर्व, खहरे–खोला पश्चिम र अरनिको राजमार्ग उत्तरी क्षेत्रका बस्तीलाई समेट्ने छ । आयोजना डिप बोरिङ तथा स्थानीय पानीका मुललाई स्रोत बनाइएको हो ।

यसैबीच आयोजना कार्यान्वयनका लागि भैरव केसीको अध्यक्षतामा १७ सदस्यीय उपभाक्ता समिति गठन गरिएको छ । समितिले आयोजना सम्पन्नतालाई तीव्रता दिने जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।