२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा गृहमन्त्रीको निरीक्षण, भत्काउने प्रयास अपराधजन्य भएको टिप्पणी



काठमाडौं । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार पुगेर निरीक्षण गरेका छन्।
आइतबार काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै ट्राफिक प्रहरी कार्यालय भत्काउन डोजर पठाएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले कार्यालय स्थानान्तरणका लागि समय लाग्ने भन्दै तत्काल नभत्काउन पत्राचार गरेपछि डोजर फर्काइएको थियो।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले प्रहरी कार्यालयमाथि आक्रमण खोज्नु अपराधजन्य कार्य भएको टिप्पणी गरेका छन्। उनले भने, “प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित होइन।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले माइतीघर, थापाथली, त्रिपुरेश्वर र सुन्धारा क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी रहेको थापाथली प्रभागको वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए। उनका अनुसार विकल्प नखोजीकन तत्काल त्यहाँबाट हट्ने अवस्था छैन।

गुठी संस्थानको अनुमतिमा सन् १९७४ (वि.सं. २०३१) देखि ट्राफिक प्रहरी प्रभाग थापाथलीमा संचालन हुँदै आएको हो।

सो क्रममा गृहमन्त्री अर्यालले कालीमाटी र बालाजुस्थित प्रहरी प्रभागहरूको पनि निरीक्षण गरेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।