२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको महाधिवेशनमा २५ प्रतिशत जेनजीको सहभागिता



काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० २५ प्रतिशत जेनजी प्रतिनिधि सहभागिताको सुनिश्चित गरेको छ ।
एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एमालेको महाधिवेशनमा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २ सय पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ । उनले मापदण्डअनुसार १ सय ६५ निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताएका छन् ।

अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उहाँको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।