२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाका १९ सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँ बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेका छन्। काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थलमा सेवा जडान भएको जानकारी उनले दिएका छन्।

मन्त्री खरेलले भने, “पदबहालीको क्रममा गरेको प्रतिबद्धताअनुसार नि:शुल्क इन्टरनेट सेवा सुरु गरेका हौँ, यसलाई बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्नेछौँ।” सरकारले दुर्गम क्षेत्रहरूमा समेत इन्टरनेट सेवा विस्तार गरिरहेको छ। यसअन्तर्गत दार्चुला, बझाङ, जाजरकोट, मनाङ र अन्य कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी सेवा पुर्‍याइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीका अनुसार नयाँ बसपार्कसहित विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर परिसर र विमानस्थलमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध भएको छ। यसअघि सेवा भएका स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता अभिवृद्धि गरिएको छ।

नयाँ बसपार्कमा सुरु भएको सेवाले यात्रु र सेवाग्राहीलाई राहत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। सेवा निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले सहकार्य गर्ने भएका छन्।

सञ्चार मन्त्री खरेल आजै त्रिवि शिक्षण अस्पताल, पशुपति मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरनेट सेवाको अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।