काठमाडौंको बनस्थलीमा गएराति टिपरको ठक्करपछि मोटरसाइकल चालकको निधन भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १६ बनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३–०१– ००६ ख १६५६ नम्बरको टिपरले बा.प्र ०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई
बिहीबार राति ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया