२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जडिबुटीमा कन्टेनरले ठक्कर दिएपछि स्कुटरमा सवार युवतीलाई निधन



काठमाडौं
काठमाडौंको जडिबुटीमा स्कुटरमा सवार युवतीलाई कन्टेनरले ठक्कर दिएपछि निधन भएको छ ।
यो घटना विहीवार साँझको हो । दुर्घटनामा भक्तपुर नगरपालिका ७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको निधन भएको हो ।

काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा ना.८ ख ३९७५ नम्बरको डिब्बा गाडी(कन्टेनर)ले प्रदेश ३–०२–१४ प ९६६३ नम्बरको स्कुटरलाई बिहीबार साँझ
ठक्कर दिँदा स्कुटरमा सवार युवतीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।