२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विश्वविद्यालयको चमेना गृह निर्माणमा अवरोध



काठमाडौँ । कीर्तिपुर निर्माण व्यवसायी सङ्घले त्रिभुवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्ने विद्यार्थी र अन्य पक्षविरुद्ध कारबाहीको माग गरेको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनका अनुसार, निर्माण व्यवसायीहरूले सबै प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत निर्माण सुरु गरेपनि केही विद्यार्थी नेताहरूले अनावश्यक दबाब र बार्गेनिङ गर्दै निर्माण रोक्ने प्रयास गरेको आरोप लागेको छ। उनले धम्की, तर्साउने तथा निर्माण कार्यमा अवरोध पुर्‍याउने गतिविधि रोक्न विश्वविद्यालय प्रशासनले कारबाही गर्नुपर्ने बताए।

सङ्घले विश्वविद्यालयका उपकुलपति डा. दीपक अर्याल, रेक्टर खड्ग केसी र अन्य पदाधिकारीसँग भेटेर तत्काल कारबाहीको माग गरेको हो। रेक्टर केसीले भने विद्यार्थीमाथि भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङको दुवै घटनाको अनुसन्धान गर्ने प्रतिबद्धता जनाए।

उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयको बीचमा निर्माण भइरहेको चमेना गृह परियोजना विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ। साउनदेखि सुरु भएको निर्माणमा विद्यार्थीहरूले रुख नकटाउने र उक्त क्षेत्रमा निर्माण नगर्ने दबाब दिएका थिए।

सङ्घले स्थानीय बासीलाई प्राथमिकता दिने विगतको सम्झौता कार्यान्वयन गर्दै निर्माण कार्यलाई सहज वातावरणमा अघि बढाउन पनि माग गरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।