३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीमा जुवा खेल्दै गरेका २२ जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ लंकोटमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन्। स्थानीय ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको सूचना पाएपछि थानकोट प्रहरी वृत्तबाट खटिएको टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकासँग नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।