३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर नख्खु कारागारबाट फरार एक जनालाई पक्राउ



ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट भागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका ४७ वर्षीय अनिल कुमार तामाङ छन्। तामाङलाई सवारी अङ्गभङ्ग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको थियो। उनलाई मंगलबार प्रहरीले पक्राउ गरी कारागारमा फिर्ता पठाएको एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो।

यसअघि नख्खु कारागारबाट फरार भएका झापाको महाभारा–४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदीलाई पनि सशस्त्र प्रहरीले पक्राउ गरी कारागारमा बुझाएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि फरार अन्य एक कैदीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।