ललितपुर । ललितपुर जावलाखेलस्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई स्कुटर चालकले ठक्कर दिएपछि लुटपाट भएको छ। बागलुङको बुर्तिवाङ घर भएकी ३७ वर्षीया सिर्पाली काठमाडौँ–१४ बस्ने र बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन्।
घटनामा चार युवकहरू दुईवटा स्कुटरमा सवार भएर उनको गलाबाट करिब ११ लाख मूल्यको सिक्री लुटेर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, असोज ५ मा भएको उक्त लुटमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएका ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोकको बलेफी घर भएका ३३ वर्षीय विनय तामाङ छन्।
गंगे बहादुर तामाङ बा.९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए, जुन लुटमा प्रयोग भएको स्कुटर प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोकका विनय तामाङ भने नख्खु कारागारबाट भागेका थिए र लुटमा संलग्न भेटिएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए कि विनयलाई पक्राउ गरी नख्खु कारागारमा बुझाइएको छ।
प्रहरीका अनुसार, लुटमा ५ जना संलग्न थिए र पक्राउ परेका गंगे बहादुर तामाङलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिएको छ।








प्रतिक्रिया