२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी आन्दोलनका क्रममा फरार दुई कैदी काठमाडौंमा पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका दुई जना कैदीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३२ वर्षीय सुजन रसाइलीलाई काठमाडौं महानगरपालिका–६ आरुबारी सिमलटारबाट पक्राउ गरिएको हो।

त्यस्तै, भीमफेदी कारागार, मकवानपुरबाट प्रदर्शनका क्रममा पर्खाल भत्काई फरार लागुऔषध मुद्दाका कैदी मकवानपुर बकैया गाउँपालिका–६ का २५ वर्षीय विष्णुलाल थिङलाई कागेश्वरी मनोहरा–६, ग्रीनहिलसिटिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनामाथि आवश्यक कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बुधबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।