काठमाडौं । काठमाडौं । आजबाट सेवानिवृत्त भएका निवर्तमान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलनपछिको परिस्थितिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले विदेश भ्रमणमा रोक लगाएको छ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार, खापुङलाई आयोगको स्वीकृति बिना उपत्यका छाड्न समेत रोक लगाइएको छ। जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन जुनसुकै बेला हुन सक्ने भएकाले उनलाई उपत्यका छाड्नदेखि विदेश जानसम्म रोक लगाइएको हो।
आयोगको निर्णयमा भनिएको छ, “आजदेखि सेवाबाट निवृत्त हुनुभएका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृती बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरिने छ।”
खापुङ गत भदौ १९ गते छोटो समयका लागि आईजीपी बनेका थिए। प्रहरी संगठनको नेतृत्व सम्हालेको एक साताभित्रै जेनजी आन्दोलन भइसकेको थियो।
यसबीच, खापुङले जेनजी आन्दोलनका क्रममा प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै आएका छन्।









प्रतिक्रिया