काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरेको छ। आयोगका अनुसार नगरपालिकासम्बन्धी धेरै उजुरी परेपछि बिहीबार छापा मारिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले छापा मार्ने टोलीले नगरपालिकाबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिए। आयोगले बरामद कागजातहरूको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
२८ कार्तिक २०८२, बिहिबार
34
Shares








प्रतिक्रिया