काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको जानकारी दिए।
रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।
रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। तोसिमका कार्कीसहितका नेताले पार्टी छाड्ने चर्चा छ। यद्यपि सो बारे उनीहरूले केही बताएका छैनन् ।









प्रतिक्रिया