२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी तरकारी बजारको सरकारी भवनमा आगजनी र तोडफोडमा संलग्न एक जना पक्राउ



काठमाडौं । कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न काठमाडौं–१३ टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ पक्राउ परेका जनाइएको छ।

प्रहरीका अनुसार २०८२ साल भदौ २४ गते प्रदर्शनका क्रममा कालीमाटी बजार क्षेत्रभित्र रहेको सरकारी भवनमा तोडफोड तथा आगजनी गरिएको थियो। उक्त घटनामा संलग्न रहेको सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले श्रेष्ठलाई २०८२/०७/२७ गते बिहान १२:०० बजे घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्लाको काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार घटनाको विस्तृत अनुसन्धान अघि बढिरहेको र घटनामा अन्य कोही संलग्नता भए सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।