काठमाडौं । आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका पूर्वप्रतिनिधि सभा सदस्य सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीबीच पाँच बुँदे सहमति भएको छ।
सहमति प्रक्रिया शुक्रबार सम्पन्न भएको हो।
सहमति पत्रमा भनिएको छ—
“देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणको विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियारबीच पाँच बुँदे सहमति सम्पन्न भएको छ।”
यो सहमति नयाँ राजनीतिक विकल्पको निर्माणतर्फ अघि बढ्ने संकेतका रूपमा हेरिएको छ।









प्रतिक्रिया