२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपिएलको दोस्रो संस्करण आजदेखि



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ। जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो। जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।

यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन्। खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायर को खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ।

डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।