२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


शेख हसिनालाई मृत्युदण्डको सजाय



काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । हसिनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका बेला मानवता विरुद्धका गम्भीर अपराध गराएको तथा उक्साएको आरोप सिद्ध भएको न्यायाधिकरणले जनाएको छ ।

भारतमा निर्वासनमा रहेका बेला नै उनी अनुपस्थित अवस्थामा मुद्दाको सुनुवाइ सम्पन्न गरिएको थियो । उपलब्ध प्रमाण, बयान तथा अभिलेखका आधारमा अदालतले हसिनालाई दोषी ठहर गरेको हो ।

ढाकास्थित बीबीसी संवाददाता अरुणोदय मुखर्जीकाअनुसार फैसला सुनाइएलगत्तै अदालतभित्र तथा बाहिर उत्सवमय वातावरण देखियो । केही समूहमा रहेका व्यक्तिहरू ‘फाँसी दे’ जस्ता नारासमेत लगाइरहेको देखिएको उनले बताए । अदालत कक्षमै समेत केही सेकेन्ड खुशी व्यक्त भएपछि न्यायाधीशले शिष्टता कायम राख्न आग्रह गरेको उनले जानकारी दिए ।

हसिनाविरुद्धको फैसलापछि बंगलादेशी राजनीति र अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो आउने हो भन्नेबारे चासो थपिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।