काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी पत्नी सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। उनलाई सुरक्षा मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतको रूपमा नियुक्त गरिएको हो।
सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र प्राप्त गर्ने क्रममा सुजन मगिया भावुक बनेकी थिइन्। पत्रकार सुरेश रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो।








प्रतिक्रिया