२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विप्लवलाई दल दर्ताको प्रमाणपत्र, चुनावचिह्न गुलाब



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरेका छन् । आज (मंगलबार) उनले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र प्रेमको प्रतिक मानिने गुलाफको फूल चुनाव चिन्ह प्राप्त गरेका छन् ।

विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि निवेदन दिएका थिए । उनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेका छन् । माओवादी केन्द्र १० वामघटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि विप्लवले पनि पार्टीको नाम फेरेका हुन् ।

२०५२ सालको जनयुद्धमा विप्लव सहभागी भएका थिए । शान्ति प्रक्रियामा सामेल भएपछि कुनै निर्वाचनमा भाग लिएका थिएनन् । माओवादी विभाजन पश्चात् विप्लव मोहन वैद्य ‘किरण’ समूहबाट अलग भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । सोही नेकपाको आडमा उनले केही वर्ष हिंसाको राजनीति नगरेका होइनन् । त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई वार्तामार्फत मूलधारको राजनीतिमा ल्याएको थियो । त्यसयता उनले हिंसा त्यागेर उत्पादन र एकीकृत जनक्रान्तिको अभियानलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।