२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


चितवनले कर्णालीलाई हरायो



काठमाडौं । । चितवन राइनोजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चितवनका लागि रवि बोपराले ५२ रनको अर्धशतकीय पारी खेले । ३५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै दीपक बोहराले ४२ रन बनाउँदा शैब जेबले ३८ रनको योगदान गरे । चितवनका कप्तान कुशल मल्लले २० रन बनाए । कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिँदा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक-एक विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।