६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजुमा १५ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु वनस्थली चोकस्थित डेरामा बस्ने एक महिलाको कोठाबाट करिब १५ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

काभ्रे घर भएकी ३२ वर्षीया पवित्रा तामाङको कोठाबाट सुन–चाँदीका गरगहना तथा नगद रकम चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तामाङको कोठामा कोही नभएको मौका छोपेर अज्ञात व्यक्ति(हरू)ले गरगहना र नगद गरी करीब १५ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका हुन्।

घटनापछि प्रहरीले घटनास्थलको मुजुलुस गरेर चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीले आसपासको सीसीटीभी फुटेज संकलन, सूचनादाताबाट जानकारी लिनेजस्ता कार्यमार्फत दोषी पहिचानका लागि खोजी जारी राखेको बताएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।