२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पनौतीमा रिसोर्टभित्र जुवा खेल्दै गरेका ६ जना पक्राउ



काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ भण्री गाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पनौती नगरपालिका–७ का ३५ वर्षीय रिजन सैजु सहित अन्य पाँच जना रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ६ हजार ४ सय ५५ रुपैयाँ, १६ थान कौडा र १ बुक तास बरामद गरिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।