६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारी दिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३ बस्ने, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौँ महानगरपालिका–२४ बस्ने ४२ वर्षीय विशाल बज्राचार्य र काठमाडौँ महानगरपालिका–४ बस्ने, लमजुङ दोर्दी गाउँपालिका–६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन्।

प्रहरीका अनुसार अमृत तामाङले बुल्गेरिया पठाइदिन्छु भन्दै १ पीडितबाट ७ लाख ५० हजार रुपैयाँ, विशाल बज्राचार्यले अमेरिका पठाइदिन्छु भन्दै १ पीडितबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्के तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीको विशेष टोली खटिइएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट गएको टोलीले अमृत तामाङलाई काठमाडौँ महानगरपालिका–११ बाट सोमबार पक्राउ गर्यो भने विशाल र पुड्के तामाङलाई काठमाडौँ महानगरपालिका–१२ बाट मङ्गलबार नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।