१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ



ललितपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। ललितपुरमा अभियानको शुभारम्भ ललितपुर जिल्ला प्रहरी परिसरमा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक होबिन्द्र बोगटी, प्रहरी कर्मचारी तथा कार्यालयमा उपस्थित सेवाग्राहीहरूको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत सहभागीहरूले सेतो रिबन लगाएर “हिंसा गर्दिन, हिंसा सहदिन र हिंसा भएको हेरेर बस्दिन” भन्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै, अभियानकै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरू ललितपुर महानगरपालिका वडा नं. ०४, जावलाखेल चोकमा पुगेर स्थानीय जनसमुदायसँग जनचेतनामूलक भेटघाट सम्पन्न गरे। कार्यक्रममा सेतो रिबन, सचेतना पुस्तिका वितरण गरिएको थियो भने चोकमा जिङ्गल बजाउँदै हिंसा विरुद्धको सन्देश फैलाइएको थियो।

यस अभियानले समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना बढाउने र सर्वसाधारणलाई हिंसा रोकथाममा सहभागी गराउने उद्देश्य राखेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।