२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टी एकीकरण गर्दै रास्वपा र विवेकशील साझा



काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, आइतवार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय भएकोे प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पनि यसअघि नै रास्वपासँग एकता गर्ने निर्णय गरिसकेको थियो ।

प्रवक्ता झाले भने, “हामी विवेकशीलसँग मात्र होइन असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यमा छौँ । त्यहीअन्तर्गत विवेकशीलसँग एकता र आइतवार घोषणासभा गर्ने निर्णय भएको छ ।”

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो ।

रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भएको थियो । उक्त दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।