२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका तरकारी तथा फलफूलमा विषादी परिक्षण सुरु



ललितपुर महानगरपालिका ३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुआत गरेको हो ।

परीक्षण केन्द्रको शुभारम्भ गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासी रोगी हुँदा समस्या सृजना हुने भन्दै यसका लागि विषादी परीक्षण केन्द्र उपयोगी हुने बताए ।

“नगरवासी रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिक रोगी भए भने यो महानगर स्मार्ट सिटी हुन सक्दैन, महानगरवासी निरोगी हुँदामात्र समृद्ध र सुखी महानगर कायम रहन सक्छ”, मेयर महर्जनले भने ।

मेयर महर्जनले आफूले नगरमा उत्कृष्ट काम गरेको दाबी गरेका थिए ।

ललितपुर–३ का अध्यक्ष गोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा विषादी भए÷नभएको परीक्षण गरेरमात्र उपयोग गर्न विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।