२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ बढेर तोलाकै दुई लाख ५२ हजारभन्दा माथि पुग्यो



फाइल तस्विर

काठमाडौँ
 आजकल बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले  सुनको बजार मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २ सय कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४ सय ९० निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६ सय कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १ सय ७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
–––

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।