
काठमाडौँ
आजकल बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले सुनको बजार मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २ सय कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४ सय ९० निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६ सय कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १ सय ७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
–––








प्रतिक्रिया