२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एनआरएनबीच एकता, मुद्दा फिर्ता लिने सहमति



काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएन० बीच आज एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुई पक्षबीच दश बुँदे सहमति भएको छ ।

सहमति अनुसार १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने, अदालतमा दायर मुद्दा फिर्ता लिने सहितका सहमति भएको हो । १० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ ।

गैरआवासीय नेपाली संघका दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने तथा १०बुँदे सहमति पत्रको कार्यान्वयन र १२औं अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निश्पक्षताको सुनिश्चितता गर्ने सहमति पत्रको अभिन्न अङ्ग हुने गरी पुरक सहमति गरिने पनि उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।