२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल एयरलायन्सका चालक दलका सदस्य दोहामा पक्राउ



काठमाडौं । नेपाल एयरलायन्सका एयर होस्टेज सुन तस्करी प्रकरणमा कतारको दोहामा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा दोहा प्रहरीले नेपाल एयरलायन्सका एयर होस्टेज सन्देश तिवारीलाई पक्राउ गरेको गरेको हो ।

११ मंसिर (बिहीबार) दोहाबाट काठमाडौं आउने क्रममा तिवारीले ८ तोला सुनको बिल देखाउन सकेका थिएनन् । त्यसैले सुन तस्करीको आशंकामा उनी पक्राउ परेका हुन् ।

उडान नम्बर आर ए २४० बाट काठमाडौं आउने क्रममा बिल देखाउन नसक्दा उनी पक्राउ परेका थिए । तर, नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजरको रोहबरमा उनी छुटेको नेपाल एयरलायन्स स्रोतले जानकारी दियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।