१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जीत दर्ता



काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। ओपनर माज सदाकतले ६३ र अनिलकुमार साहले ६१ रन बनाउँदै टीमको जित सुनिश्चित गरे।

यस जितसँगै लगातार चार खेलमा पराजित भएको जनकपुरले प्लेअफको सम्भावना कायम राखेको छ। चितवनले प्रतियोगितामा तेस्रो हार व्यहोरेको छ।

आजको अर्को खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन्।

 

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।