२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता



काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो ४ बजे देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको हो ।

जेनजी आन्दोलन (भदौ २३–२४) पछि उनीहरूबीच सार्वजनिक रूपमा भएको यो पहिलो भेट हो । आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधिसभा (फागुन २१) निर्वाचनका विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा आक्रमणका शिकार देउवा दम्पति हालै मात्र सिंगापुरबाट उपचार गरेर फर्किएका हुन् । त्यसपछि देउवाले पार्टीको कार्यबाहक सभापति जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।