चापागाँउ
नवगठीत माओवादीमा ललितपुरका विभिन्न नेताहरु ध्रुविकृत भएका छन् ।
माओवादीमा पाका नेता प्रेम महर्जन(हरिसिद्धी), नेता अष्टराज बज्राचार्य(पाटन), एमालेका नेता. दिपक केसी र युवा नेता मोती लामा नेकपा(माओवादी)मा ध्रुवीकृत भएका हुन् ।
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो समय पुर्नगठनपछि ललितपुरमा समेत नेताहरु ध्रुविकृत भएका हुन् । नवगठीत माओवादीमा जिल्ला महासचिव ललित सि र जिल्ला ईन्चार्ज विपिन सि रहेका छन् । पार्टी महासचिव प्रणालीमा सञ्चालित छन् ।
नेताहरु ध्रुवकृत सँगै पार्टीको पार्टीको पाचौं आवधिक योजनाको पहिलो विशेष बैठक सम्पन्न गर्दै विभिन्न निर्णय समेत गरेको छ । बिद्रोहपछि उत्पन्न नयाँ, विशिष्ट, संवेदनशील एवम् संक्रमणकालीन परिस्थितिलाई क्रान्तिकारी रुपान्तरण तर्फ अगाडि बढाउने लक्ष्य र योजनासहित नवीकृत नेकपा(माओवादी)
बैठकले राजनीतिक व्यक्तित्वहरुलाई ध्रुवीकृत एवंम् सहकार्यमा आउन अपिल गरेको छ ।
बैठकले राजनितीक संकटको जनपक्षीय समाधानको लागि सर्वपक्षीय अन्तरिम सरकारको गठन, संविधान पुनर्लेखन, राज्यको पुनर्संरचनासहित नेपाली विशेषताको समाजवाद स्थापनाको पक्षमा तथा राष्ट्रिय स्वाधीनतामाथिको डरलाग्दो खतरा, नवयुवा विद्रोहको माग र भावना विपरितको जारी षडयन्त्र, आइएनजिओका भ्रष्टाचार, बेथिति विरुद्ध जनसंघर्ष गर्ने कार्यनीति लिएको छ ।
बैठकले पुस र माघ २ महिना पालिका÷वडा स्तरमा राजनितीक जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । माओवादीले जिल्लामा समाजवादी जेन जी संयन्त्र निर्माण गर्ने समेत भएको छ ।
साथै बैठकले जिल्लामा माओ दिवसलाई संघर्षमय ढङ्गले मनाउने, स्थानिय जनसरोकारका विषयहरु÷बेथिति विरुद्ध जनसङ्घर्ष उठाउने, सहकारी र सामाजिक क्षेत्रका समस्याहरुलाई निरुपण एवम् सहजीकरण गर्न जिल्ला स्तरमा “सहकारी तथा सामाजिक सरोकार विभाग“ गठन गर्ने योजना अघि सारेको छ ।
मओवादीले दिवङ्गत क. हरि बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान निर्माण गर्ने, पार्टीले जिल्ला स्तरमा उत्पादन तथा उद्यमशीलता अभियानलाई अघि बनाउने र आगामी चुनावलाई विभिन्न एजेन्डासहित आक्रमक ढंगले प्रयोग गर्ने निर्णयहरु गरेको छ ।








प्रतिक्रिया