२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढेको दश दिनमै फेरि बढ्यो अण्डाको मूल्य



काठमाडौं । १० दिनअघि मात्र बढेको अण्डाको मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि (मंगलबार)देखि लागू हुने गरी अन्डाको मूल्य पुनः वृद्धि गरेको हो।

संघले प्रतिक्रेट २० रुपैयाँ थप गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। मूल्य बढेसँगै सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।

मध्यम अण्डाको मूल्य प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अण्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा मूल्य बढेको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।