२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सुदूरपश्चिम रोयल्स फाइनलमा



काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो। टोलीका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाएका थिए। विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिशीले समान रूपमा २–२ विकेट लिए।

जवाफमा ब्याटिङ गर्न आएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट हुँदै केवल ७८ रनमा रोकियो। फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानले धेरै योगदान दिन सकेनन्। सुदूरपश्चिमका हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले समान रूपमा २–२ विकेट लिएर टिमको जित सुनिश्चित गरे।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।