२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ । गत सिजनमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक भने उपाधि होडमा दौड लगाएको छ । बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गरेको हो ।

काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।

बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए ।

जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।

शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि विराटनगर किंग्सको सामना गर्नेछ । उक्त खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।