२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अख्तियारले भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा ७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, भिजिट भिसामा दुबईलगायत मुलुक जाने व्यक्तिहरूबाट रकम असुलिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। भट्टराईलाई अनुसन्धानका लागि जेठ ७ गते विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो र जेठ १८ गते उपस्थित हुने शर्तमा नियन्त्रणमुक्त गरिएको थियो। मुद्दा दायर भएपछि अब विशेष अदालतमा यस प्रकरणको सुनुवाइ हुनेछ।

प्रकाशित मिति : २६ मंसिर २०८२, बिहिबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।