२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


एनपीएल–२ : कसले के–के जिते पुरस्कार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २ को उपाधि लुम्बिनी लायन्सले जितेसँगै कप्तान रोहित पौडेलले कार उपहार जितेका छन् । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको छ । यससँगै सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा उपविजेता भएको छ ।

उपाधि जितेको लुम्बिनीले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कारसहित एनपीएलको ट्रफी हात पारेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल घोषित भएका छन् । उनले प्रतियोगिताभर २७६ रन प्रहार गर्नुका साथै फाइनलमा ह्याट्रिकसहित १० विकेट लिएका थिए । सर्वोत्कृष्ट खेलाडी बनेबापत उनले कार पनि जितेका छन् ।

नेपाली खेलाडीहरू मध्येबाट सर्वाधिक रन प्रहार गर्ने खेलाडीका रूपमा पौडेलले पल्सर मोटरसाइकल पनि जितेका छन् । सर्वाधिक विकेट लिने सन्दीप लामिछाने र सर्वोत्कृष्ट युवा खेलाडी शेर मल्लले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, शनिबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।