काठमाडौं । एमालेको जारी एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन्।
‘आज प्राविधिक कारणले मतदान हुन सकेन, ’उनले भने, ‘भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ।’
विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो।
मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो।







प्रतिक्रिया