१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।

शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनिए पनि केही ढिला गरी सुरू भएको हो। मतदाताहरु मतदानका लागि भृकुटीमण्डपमा लामबद्ध भएर पालो कुरिरहेका छन् ।

आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ।

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।