३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बबरमहल बम विस्फोट घटनाः दोषी राजकुमारलाई हर्क साम्पाङले गरे पार्टीबाट निलम्बन



काठमाडौं । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ लामालाई निलम्बन गरेको छ । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधबार निलम्बन गरेको हो ।

अध्यक्ष साम्पाङले पार्टीका उपाध्यक्ष राज कुमार तामाङ ( देवराज लामा) लाई धेरै बर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर पुस १ गते नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ने उद्धेश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्वन गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।